समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायको भूमिका प्रशंसनीयः प्रदेश प्रमुख भट्ट

पाेखरा | पुस १५, २०८२

समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायको भूमिका प्रशंसनीयः प्रदेश प्रमुख भट्ट

पोखरा: तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ ।


प्रदेश प्रमुख भट्टले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ (तमु) समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।


शुभकामना सन्देशमा उल्लेख छ – ‘तमु ल्होछाररल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’


ल्होछाररल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै उहाँले तमु जाति र समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।


हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होछाररल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । यो दिन नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।

 

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्